माध्यमिक शिक्षा केन्द्रमा कार्यरत् कर्मचारीहरूको दार्जिलिङमा सभा

दार्जिलिङ : पहाडका विभिन्न माध्यमिक शिक्षा केन्द्रहरूमा कार्यरत शिक्षक शिक्षिकाहरूको प्रतिनिधिहरूको उपस्थितिमा आज दार्जिलिङ हिमालय कला मन्दिर भवनमा एउटा सभा सम्पन्न भयो। उक्त सभामा माध्यमिक शिक्षा तथा शिशु शिक्षा केन्द्रहरूमा कार्यरत कर्मचारीहरूको हालसम्मको अवस्था तथा समस्याहरू बारेमा व्यापक रूपमा चर्चा परिचर्चा गरियो। यसको साथै विगत 10 जनवारी 2021-मा सम्पूर्ण राज्यभरिका माध्यमिक शिक्षा तथा शिशु शिक्षा केन्द्रका कर्मचारीहरूको नवन्नामा आयोजित धरना प्रदर्शनपछि नवन्नाले केही मागहरू पुरा गर्ने आश्वासन दिएपछि उक्त धरना प्रदर्शनी फिर्ता लिएको साथै आगामी 4 फरवरीमा कोलकातामा विजय जुलूस कार्यक्रम गरिने संगठनका महासचिव छत्रसिंह निरौलाले जानकारी गराए। माध्यमिक शिक्षा केन्द्रले कसैसित पनि मिलेर कार्य गर्ने निर्णय लिएको तिनले जानकारी गराउँदै पहाडको ग्रामीण शिक्षालाई माथि उठाउन आफूहरूले ठुलो भूमिका निभाएको दावी गर्दै पहाडमा सत्तारूढ जीटीएले पनि माध्यमिक शिक्षा केन्द्र तथा यसमा कार्यरत कर्मचारीहरूको निम्ति गम्भीरतापूर्वक पहल गरिदिने संगठनका सचिव छत्र  सिंह निरौलाले  बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubahsegel girişbaywin girişmatadorbet girişMARSBAHİSMARSBAHİS GÜNCEL GİRİŞcasibom