माध्यमिक शिक्षक संगठन तीनधारे महानदी समष्टी स्तरीय कमिटी गठन

खरसाङ : माध्यमिक शिक्षक संगठनको तीनधारे महानदी समष्टी स्तरीय कमिटी गठन गरिएको छ। तीनधारेको महात्मा गाँधी हलमा माध्यमिक शिक्षक संगठनको सभा खरसाङ महकुमा समितिको सांगठनिक सचिव बीएम लोप्चनको अध्यक्षतामा सम्पन्न भयो। उक्त सभामा माध्यमिक शिक्षक संगठनको केन्द्रीय अध्यक्ष अनिल शर्मा लगायत केन्द्रीय र महकुमा स्तरीय पदाधिकारीहरू साथै गोजमुमो तीनधारे महानदी समष्टीका सभापति रबीन सुब्बा र सचिव सञ्जीव लामा पनि उपस्थित थिए। यसै सभामा तीनधारे- महानदी समष्टीको सर्कल कमिटी गठन गरिएको छ। उक्त कमिटीमा सभापति प्रवीण राई-, उप सभापति कृष्ण छेत्री र श्याम प्रधान, सचिव राजु थापा, सह सचिव नयन खाती र बन्दना मंगर, प्रचार प्रसार सचिव बिक्रम मंगर, कोषाध्यक्ष उर्मिला लामा, सह कोषाध्यक्ष बिजय लिम्बु लगायत सातजना सल्लाहकारहरू र सातजना कार्यकारी सदस्यहरू चयन गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobetjojobet girişjojobet