मगरजोङ क्षेत्रका 3 जनालाई क्वारेन्टाइनपछि स्वस्थ प्रमाण पत्र प्रदान

नागरी : नागरी धजे समष्टि अन्तर्गत पर्ने मगरजोङ अरेञ्ज भिल्ला बहादुर गाउँ निवासी सिद्दार्थ राईले आज सुरक्षित 21 दिनको क्वारेन्टाइन पुरा गरेका छन्। तिनलाई आईसीडीएस कर्मी शर्मिला प्रधानको बाहुलीबाट स्वास्थ्य विभागद्वारा दिएको प्रमाण पत्र प्रदान गरियो। यसका साथै गोजमुमो समष्टि उपाध्यक्ष अमीर गुरूङ, युवा मोर्चा समष्टि अध्यक्ष कुसुम राई आदिले सिद्धार्थ राई र तुलसी गाउँका नितेश गुरूङ र पाल्जोर तामाङलाई 14 दिनको क्वारेन्टाइन पुरा गरेकोमा सुस्वास्थको कामना गर्दै खदा लगाइ दिएर स्वागत जनाए। स्वास्थ्य विभागले उपलब्ध गराएको प्रमाण पत्र नितेश गुरूङ र पाल्जोर तामाङलाई पनि प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *