सुकेपोखरी : पोख्रेबुङ ग्राम पञ्चायत तीन अन्तर्गत मगरजोङ चियाबारीको निम्न प्रान्त बहादुर गाउँ नव योजना समाजको पहलमा स्थानीय सार्वजनिक भवनमा निःशुल्क आँखा जाँच शिविरको आयोजना गरियो। सिलगढी आलम सेवा समितिको विशेष सहयोगमा सम्पन्न यस शिविरमा आँखा रोग विशेषज्ञ डाक्टर शरब केन अनि डाक्टर केएन दासले स्थानीय तथा सङ्लग्न क्षेत्रका मानिसहरूको आँखा जाँच गर्दै उचित परामर्श दिए। उक्त शिविरमा 40 जना मानिसहरूले आफ्नो आँखा जाँच गराए।
