महालयमा नदी घाटहरूमा पितृ तर्पण तथा विश्वकर्मा पुजा पालन

सिलगढी : हिन्दूहरूको एउटा महान् पर्व हो महालय। विशेष गरेर यो पर्व बंगालमा अन्य राज्यको तुलनामा अझ बढी र हर्षोल्लासको साथमा हिन्दूहरूले मनाउँदै आइरहेका छन्। यसको साथै बंगालमा धुमधामसँग मनाइने दुर्गा पुजाको आगमनको रूपमा महालयलाई मानिन्छ। आज महालयबाट शुरू भएको पुजा अबको ठीक एक महिनापछि दुर्गा पुजा रहेको छ। सिलगढी सहरमा आज महालयदेखि नै पुजाको रौनकता तथा उत्साह मानिसहरूमा देखापरेको छ। आज सिलगढीको विभिन्न नदीको घाटमा हिन्दू धर्मअनुसार मानिसहरूले पितृ तर्पण गरे। प्रत्येक वर्ष आजकै दिन अर्थात् महालयमा यहाँको विभिन्न नदी घाटमा पितृ तर्पण गर्ने मानिसहरूको अधिक भीड हुने गर्थ्यो भने यस वर्ष कोरोना महामारीको कारणले गर्दा गत वर्षको तुलनामा धेरै कम मानिसहरूले पितृ तर्पण गरिरहेको देखियो। नदी घाटमा मानिसहरूको भीड कम रहे तापनि पुलिसले तिनीहरूमाथि नजर राख्नको साथै माक्स नलगाई घाटहरूमा आउनेहरूलाई पनि कोरोना संक्रमणबारे उचित सचेतना गराउँदै माक्स लगाउने निर्देश दिइयो। सिलगढीको लाल मोहन मौलिक निरञ्जन घाटमा पुलिसले माइकिङको सहयोगमा मानिसहरूलाई कोरोनाबारे सचेत गराए। अर्कोतिर, आज विश्वकर्मा पुजा तथा महालय रहेकोले गर्दा विगत केही महिना अघिदेखि कोरोना संक्रमणले मानिसहरू वाक्कै दिक्कै बनेकोले आज पुजा गरेर अधिकजसो मानिसहरूले आनन्द उठाइरहेको देखियो। विशेष गरेर विश्वकर्मा भगवानका भक्तहरूले आज कोरोना संक्रमणबाट चाँडै मुक्त हुने प्रार्थना गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş