महानदीमा अन्तर्राष्ट्रिय नारी दिवस पालन

खरसाङ : खरसाङ महकुमा अन्तर्गत महानदीमा अन्तर्राष्ट्रिय नारी दिवस पालन गरियो। युनाईटेड महानदी अन इम्प्लोइज को-ओपरेटिभ सोसाइटीको आयोजनामा आज अन्तर्राष्ट्रिय नारी दिवस महानदी बजारस्थित सार्वजनिक भवनमा मनाइयो। उक्त कार्यक्रमको अध्यक्षता सोसाईटीका सभापति समीर तामाङले गरेका थिए भने सोसाईटीका कोषाध्यक्ष बिराज छेत्रीले सञ्चालन गरेका थिए। यसै कार्यक्रममा महानदी क्षेत्र लगायत घुम्ती कमान, 63 लाइन क्षेत्रका 60 वर्षमाथिका वरिष्ठ नारीहरूलाई सम्मान जनाइयो। कार्यक्रममा लगभग 25 जना नारीहरूलाई सोसाईटीको तर्फबाट खदा लगाई दिँदै उपहार प्रदान गरेर सम्मान जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *