महानन्दा नदीबाट अज्ञात वृद्धको शव उद्धार

सिलगढी : सिलगढीको नौकाघाट संलग्न पोराझाड इलाकाको महानन्दा नदीबाट अज्ञात वृद्धको शव उद्धार भएको छ। प्राप्त जानकारी अनुसार आज बिहान महानन्दा नदीमा आएका केही शिशुहरूले वृद्धको शव देखे। प्रत्यक्षदर्शीहरूको भनाइ अनुसार उक्त वृद्ध नदीमा ओर्लिएर स्वेच्छाले पानीमा डुबकी लगाएका थिए। पछि तिनी नदीबाट बाहिर निस्केनन्। केही समयपछि तिनको शव नदीमा तैरिरहेको अवस्थामा देखापर्यो। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार केही दिन अघिदेखि उक्त वृद्ध नौकाघाट संलग्न इलाकामा घुमिरहेको देखेका थिए। टाउकोमा चोट लगाएकोले गर्दा तिनले ब्यान्डेज लगाएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *