महानन्दा नदीको किनारमा मेला लगाउने अनुमति दिनु हुँदैन: डुवर्स ह्यूमन केयर सोसाइटी

सिलगढी (निसं): महानन्दा नदीलाई प्रदूषणमुक्त गर्ने अनि नदीको किनारमा मेला लगाउन अनुमति दिनु हुँदैन भन्ने मांग लिएर विभिन्न प्रशासनिक खेमालाई ज्ञापन सुम्पिएपछि आज डुवर्स ह्यूमन केयर सोसाइटीका सदस्यहरूले सिलगढी जर्नलिस्ट्स क्लबमा एउटा पत्रकार सम्मेलन गरे। पत्रकार सम्मेलनमा डुवर्स ह्यूमन केयर सोसाइटीका सचिव बब्लू तालुकदारले भने, महानन्दा नदीको किनारमा डेढ़ महिनासम्म मेला लगाउने कुरा छ तर वर्षाको मौसम शुरू हुन लाग्यो। यदि वर्षाको मौसममा यहाँ मेला लगाइयो भने माल नदीमा जस्तै दुर्घटना पनि हुन सक्छ। यसैले मेलाको आयोजना नदी किनारमा नभएर अन्य कतैतिर गरिनु पर्ने हाम्रो मांग रहेको छ। महानन्दा नदीको किनारमा यो मेला बन्द गर्नु पर्ने डुवर्स ह्यूमन केयर सोसाइटीको तर्फबाट तिनले माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *