महिलाहरूको लुगाफाटालाई लिएर कैलाश विजयवर्गीयको अभद्र टिप्पणी, माफी माग्नुपर्ने महिला तृणमूलको माग

सिलगढी : भाजपाका राष्ट्रिय महासचिव कैलाश विजयवर्गीयले महिलाहरूको लुगाफाटालाई लिएर अभद्र टिप्पणी गरेका छन्। तिनले महिलाहरूको तुलना सुपर्णखासित गरेका थिए। दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसकी सभानेत्री पपिया घोषले तिनको उक्त टिप्पणीविरुद्ध आवाज उठाएकी छन्। तिनले आज यसबारे एउटा पत्रकार सम्मेलनको आयोजना गरिन्। आजको पत्रकार सम्मेलनमा जिल्ला महिला तृणमूल कङ्ग्रेस नेत्री पनि उपस्थित थिइन्। यस सम्बन्धमा पापिया घोषले भनिन्, भाजपा महासचिव कैलाश विजयवर्गीयले सार्वजनिक रूपमा महिलाहरूसित माफ माग्नुपर्छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO