महिलाको पोसाक लगाएर झुन्डिएको अवस्थामा किशोरको शव उद्धार

सिलगढी : महिलाको पोसाक लगाएर घाँटीमा पासो लगाएर झुन्डिएको अवस्थामा एकजना किशोरको शव उद्धार भएको छ। उक्त घटनाले सिलगढी नगरनिगमको दक्षिण शान्तिनगर इलाकामा सनसनी मच्चियो। मृतक किशोर दीपेश मण्डल सिलगढी बरदाकान्त विद्यापीठको दसौँ श्रेणीको छात्र हुन् भने तिनले माध्यमिक परीक्षाको तयारी गरिरहेका थिए। प्राप्त जानकारी अनुसार आज दिउँसो घरमा कोही नभएको फाइदा उठाएर उक्त किशोरले आत्महत्या गरेको बताइएको छ। परिवारका सदस्यहरू घर फर्किआएपछि महिलाको पोसाक लगाएर शृङ्गार-पटार गरेर झुन्डिएको अवस्थामा दीपेशको शव देखे। घटनाको खबर पाएर आसिघर आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। परिवार सूत्रले दिएको जानकारी अनुसार दीपेशलाई पढ़ाईलाई लिएर कुनै समस्या थिएन। तिनी राम्रो स्वभावको थिए। तथापि, तिनले अचानक किन यस प्रकारको कदम उठाएको हो भन्ने विषयमा परिवारका सदस्यहरू असमञ्जसमा छन्। केही वर्ष अघि तिनको बाजेको पनि अस्वाभाविक मृत्यु भएको थियो। स्मरण रहोस्, केही महिना अघि पनि सिलगढीको टिकियापाडा इलाकामा महिलाको पोसाक लगाएर झुन्डिएको अवस्थामा एकजना युवकको शव उद्धार भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişcasino siteleriDeneme Bonuslarcasibom 726Onwincasibom girişbahsegel girişcasino sitelericasibom giriscasibomholiganbetbets10 günceljojobet girişgrandpashabetjojobetgrand pasha betgrandpashabet girişcasibom girişjojobetjojobet giriş