महिलाको रहस्यमय ढङ्गमा मृत्युको मामिलामा प्रेमी पक्राउ

सिलगढी (निसं): सिलगढीमा महिलाको रहस्यमय ढङ्गमा मृत्युको मामिलामा पुलिसले प्रेमीलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका प्रेमीको नाम सौभिक दास बताइएको छ। सूत्रले दिएको जानकारी अनुसार काकली मण्डल नाम गरेकी उक्त महिलाको लगभग 10 वर्ष अघि एकजना व्यक्तिसित बिहे भएको थियो भने गत 1 वर्षदेखि तिनी आफ्नो लोग्नेलाई छोडेर प्रेमीसित सिलगढीको 41 नम्बर वार्ड अन्तर्गत ज्योतिनगर इलाकामा भाँडाको घरमा बस्दै आइरहेकी थिइन्। उक्त महिलाको आफ्ना परिवारसित कुनै सम्पर्क थिएन। गत बुधबार राति झुन्डिएको अवस्थामा महिलाको शव उद्धार भएको थियो। घटनाको जानकारी पाएर भक्तिनगर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर हिजो पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएपछि शव परिवारलाई सुम्पिदिएको थियो। मृतक महिलाको परिवारका सदस्य तथा लोग्नेले प्रेमीको घरअघि शव राखेर विरोध प्रदर्शन गरे। मृतका महिलाको बाबु र लोग्नेको आरोप अनुसार प्रेमी सौभिक दासले नै काकली मण्डलको हत्या गरेपछि आत्महत्याको रूप दिने प्रयास गरेको हो। काकलीको मृत्युमा सौभिक दास लगायत तिनका आमा-बाबु पनि जिम्मेवार छन्। आरोपीलाई कठोर सजाय दिनुपर्ने मृतकको परिवारका सदस्यहरूले माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO