महिलालाई दुष्कर्म गरेको आरोपमा एएसआई पक्राउ

सिलगढी, 21 सितम्बर (निसं): सिलगढी पुलिस कमिश्नरेटको एकजना पुलिस अधिकारीमाथि दुष्कर्म गरेको आरोप उठेको छ। उक्त घटनाको जाँच गर्दै मतिगढा थाना पुलिसले आरोपी एएसआई-लाई पक्राउ गरेको छ। पक्रा परेका एएसआईको नाम अमर बीर हो। तिनी सिलगढी पुलिस कमिश्नरेटको ट्राफिक विभागमा कार्यरत थिए। पुलिस सूत्र अनुसार तिनी बाघडुग्रा ट्राफिक गार्डमा कार्यरत थिए। गत जुलाई महिनामा एकजना महिलाले अमर बीरको नाममा मतिगढा थानामा लिखित अभियोग दर्ता गरेका थिए। महिलाले आरोप लगाए अनुसार धम्की दिएर पुलिस अधिकारीले तिनीसित दुष्कर्म गरेका थिए। पछि एएसआई अमर बीरले अदालतमा जमानत अर्जी चढाएका थिए। तथापि, जमानत अर्जी अदालतले खारेज गरिदिएको छ। यसपछि नै शुक्रवार सिलगढी मतिगढा थाना पुलिसले अमर बीरलाई मल्लागढी इलाकाबाट पक्राउ गरेको बताइएको छ । आज आरोपी अमर बीरलाई सिलगढी अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibom