सिलगढी : महिलासित दुर्व्यवहार गरेको आरोपमा पुलिसले बिमल बर्मन नाम गरेको एकजना व्यक्तिलाई पक्राउ गरेको छ। उक्त घटना एनजेपी थाना अन्तर्गत पर्ने भालोबासा मोड़को जामुरिभिटा इलाकाको हो। प्राप्त जानकारी अनुसार एउटी घरमा सुतिरहेको समय इलाकाको बिमल बर्मन उक्त महिलाको घरभित्र पसेर तिनीसित दुर्व्यवहार गरेको आरोप रहेको छ। उक्त महिलाले चिच्याएपछि स्थानीय मानिसहरू भेला भएर आरोपी व्यक्तिलाई पक्राउ गरेर घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर आरोपी व्यक्तिलाई पक्राउ गरेर थानामा लैजानको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।