सिलगढी (निसं): महिलालाई मायाको जालमा फँसाएर तिनीसित दुष्कर्म गरेको आरोपमा महिला थाना पुलिसले एकजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवकको नाम राम प्रसाद मल्लिक (22) बताइएको छ। तिनी धुपगढी निवासी हुन्। प्राप्त जानकारी अनुसार एकजना युवकले सिलगढीको एउटी 24 वर्षीय महिलालाई प्रेम जालमा फँसाएर तिनको विवाहित जीवन विच्छेद गरिदिएको बताइएको छ। उक्त युवकले महिलालाई सिलगढीको होटलमा लगेर जबरजस्ती दुष्कर्म गरेको आरोप रहेको छ। यसपछि हिजो पीडिता महिलाले थानामा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा महिला थाना पुलिसले गत राति गाँधी मैदान नजिक आरोपी राम प्रसाद मल्लिकलाई पक्राउ गरेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।