सिलगढी : महिला तस्करी रोक्ने उद्देश्य लिएर सडक नाटक तथा शिविरको आयोजना गरेर एनजेपी थाना पुलिसले साधारण मानिसहरूले सचेतन गरायो। सिलगढी मेट्रोपलिटन पुलिसको एनजेपी थाना अन्तर्गत पर्ने विभिन्न इलाकाबाट महिला तस्करी तथा नारी निखोज भएको घटना घटिरहेको छ। यसैले महिला तस्करी रोक्ने उद्देश्य लिएर एनजेपी थानाको तर्फबाट यहाँको शान्तिपाडा इलाकामा आज एउटा सचेतनता शिविरको आयोजना गरियो। उक्त शिविरमा एनजेपी थानाका ओसी समीर तामाङ, सेकेन्ड अफिसर रञ्जित कुमार पाल, जलपाईगढी महकुमा परिषद्का कर्माध्यक्ष देवाशीष प्रामाणिक उपस्थित थिए। यसको साथै सडक नाटकको माध्यमद्वारा पनि इलाकाको मानिसहरूलाई सचेतन गराइयो।
