महुआ मोइत्रालाई लोकसभाबाट निष्कासन गरेकोमा मुख्यमन्त्रीको आपत्ति

खरसाङ (निसं): टीएमसी नेत्री महुआ मोइत्रालाई लोकसभाबाट निष्कासन गरेकोमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले आज खरसाङमा भाजपाको आलोचना गरिन्। उक्त कार्यलाई तिनले अस्वीकार्य र देशको संसदको विश्वासघात हो भनि बताइन्। तिनले पत्रकारहरूलाई भनिन्, आज म भाजपा-को मनोवृत्ति देखेर दु:खी छु। कसरी लोकतन्त्रलाई धोका दिए? यो संसदीय लोकतन्त्रका लागि लज्जास्पद कुरा पनि हो। उनीहरूले महुआलाई आफ्नो अडान बुझाउन दिएनन्। यसैले गर्दा यो पूर्ण अन्याय भएको छ। मुख्यमन्त्रीले टीएमसी महुआको साथमा रहेको बताउँदै उनीहरू (भाजपा) ले हामीलाई चुनाउमा हराउन सक्दैनन्, त्यसैले उनीहरूले प्रतिशोधको राजनीतिको सहारा लिएको बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişcasibom girişdeneme bonusuCASİBOM GÜNCEL