मई दिवसको अवसरमा आईएनटीटीयुसी-को ठेका श्रमिक युनियन एनजेपी शाखाद्वारा विविध कार्यक्रमको आयोजना

सिलगढी : मई दिवसको उपलक्ष्यमा आईएनटीटीयुसीको ठेका श्रमिक युनियन एनजेपी शाखाले विविध कार्यक्रमको आयोजना गर्यो। डीएस कोलनीस्थित आईएनटीटीयुसी कार्यालयमा आज स्वास्थ्य जाँच शिविरको आयोजना गरियो। स्वास्थ्य जाँच शिविर लगायत सिलगढी लायन्स नेत्रालयको सहयोगमा नेत्र जाँच पनि गरियो। यसको साथै लगभग 250 ठेका श्रमिकहरूलाई साडी तथा तौलिया प्रदान गरियो। संस्थाका अध्यक्ष सुजय सरकारले असहाय रिक्सा चालकलाई आर्थिक सहयोग प्रदान गरे। यस अवसरमा संगठनका अध्यक्षले भने, श्रमिकहरूको हितको लागि आफूहरूले लडाइँ गर्दै आइरहेका छौँ। मई दिवसको दिन पनि तिनले श्रमिकहरूलाई उचित अधिकार प्रदान गरिनुपर्ने माग गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *