मयनागुडी एटीएम लुटपाट काण्ड: चौथो अपराधी पक्राउ, अझ 1 जनाको खोजी जारी

राजगञ्ज, 17 जूनः मयनागुडी एटीएम लुटपाट काण्डमा एकपछि अर्को गर्दै पुलिसले ठूलो सफलता हात पारेको छ। चौथो अपराधी पनि पक्रा परेका छन् भने अब अझ एक जना भागेका छन्।
मयनागडीको बौलबाडी क्षेत्रमा भएको एटीएम लुटपाटकाण्डमा सोमबार राति सिलगढी मेट्रोपोलिटन पुलिसको भोरेर आलो थानाअन्तर्गत पर्ने भोटपाडा क्षेत्रबाट चौथो अपराधीलाई पक्राउ गरिएको हो। पक्रा परेका व्यक्तिको नाम नरेश कोहली रहेको छ। उनी हरियाणाका वासिन्दा रहेको पुलिसले जनाएको छ। नरेश कोहलीको साथबाट लुटिएको कुनै नगद रकम भने फेला परेको छैन, तर जाँच टोलीको विश्वास अनुसार उनी उक्त लुट गिरोहमा सक्रिय रूपमा संलग्न थिए।
पक्रा परेपछि नरेश कोहलीलाई मयनागुडी पुलिसको हातमा जिम्मा दिइएको छ र अहिले सोधखोज भइरहेको छ।
यो घटनामा हालसम्म पुलिसले चार जनालाई पक्राउ गरिसकेको छ। उनीहरूबाट हालसम्म मोठ 15 लाख 48 हजार रुपियाँ उद्धार गरिएको छ। जाँचमा लुटपाटको घटनामा पाँच जना बदमाश संलग्न भएको पुष्टि भइसकेको छ। अब एक जना मात्र फरार रहेको र छिट्टै उनलाई पनि पक्राउ गरिने पुलिसले आशा व्यक्त गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *