मालदामा युवकमाथि प्राणघातक हमला

मालदा : मालदाको पुखुरिया थाना अन्तर्गत पर्ने चाँदपुर इलाकामा पुरानो झगड़ाको कारण एकजना युवकमाथि प्राणघातक हमला गरेको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारीअनुसार गत राति 34 वर्षीय कमाल शेखलाई पुरानो झगडाको कारण प्राणघातक हमला गरेको बताइएको छ। कमालका परिवारका सदस्यहरूले बताएअनुसार केही दिनअघि मंगलु शेख नामक एकजना युवक र कमालमाझ रुपियाँलाई लिएर विवाद भएपछि सालिशी सभा राखिए तापनि मंगलु त्यस सभा अनुपस्थित रहेको बताइएको छ। यसपछि बाध्य भएर कमालका परिवारले मंगलुविरुद्ध पुखुरिया थानामा अभियोग दर्ता गरेका थिए। गत सोमवार राति कमाल घर फर्किरहेको समय मंगलुले धारिलो हतियारले प्रहार गरेर तिनलाई गम्भीर घाइते बनाएपछि स्थानीय मानिसहरूको सहयोगमा मालदा मेडिकल कलेज एवम् अस्पतालमा भर्ना गरिएको छ। मंगलुले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। पुखुरिया थानामा कमालका परिवारका सदस्यहरूले घटनाबारे लिखित अभियोग दर्ता गरेपछि पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/