सिलगढी : मानव एकता दिवसको अवसरमा सन्त निरङ्कारी च्यारिटेबल फाउन्डेशन सिलगढी जोन नम्बर 47-को तर्फबाट मतिगढाको खप्रेल रोडस्थित निरङ्कारी सत्सङ्ग भवनमा आज रक्तदान शिविरको आयोजना गर्यो। सिलगढी नगरनिगमका चेयरम्यान प्रतुल चक्रवर्तीले उक्त शिविरको उद्घाटन गरे। यो सिलगढी जोनको 28औँ रक्तदान शिविर हो। यस शिविरमा मोठ 308 युनिट रगत संग्रह गरियो भने 201 युनिट रगत उत्तरबंग मेडिकल कलेज एवम् अस्पताल र 107 युनिट रगत सिलगढी जिल्ला अस्पतालमा पठाइयो। सिलगढी लगायत दार्जिलिङ, कालेबुङ, घुम, मङ्पू, बाघडुग्राका मानिसहरूले बडो उत्साहको साथमा सेवामा भाग लिएका थिए। सन्त निरङ्कारी मिशनले समय-समयमा विश्वभरिमै जनहितको कल्याणको लागि धेरै सेवाहरू गर्दै आइरहेको छ। जस्तैः स्वच्छता अभियान, वृक्षारोपण, नि:शुल्क स्वास्थ्य जाँच शिविर, नि:शुल्क नेत्र शिविर, प्राकृतिक आपदामा आवश्यकमन्द मानिसहरूको सहयोग, महिला सशक्तिकरण एवम् बाल विकास आदि जस्ता धेरै कल्याणकारी योजनाहरू पनि सुचारू रूपमा चलाइरहेको छ।
