राजगञ्ज : मानव तस्करी रोक्ने उद्देश्य लिएर राजगञ्जमा आज सचेतनामूलक कार्यक्रमको आयोजना गरियो। जलपाईगढी जिल्ला पुलिसको पहल तथा अमरावती जलपाईगढी समाज कल्याण विकास समितिको सहयोगमा आज राजगञ्ज ब्लकको सन्न्यासीकाटा ग्राम पञ्चायतको डाहुक भ्याली चियाकमानमा सचेतनतामूलक कार्यक्रमको आयोजना गरियो। यस विषयमा जलपाईगढी पुलिस सुपर देवर्षी दत्तले बताएअनुसार जिल्ला पुलिस तथा अमरावती संस्थाको तर्फबाट मानव तस्करी तथा अनैतिक तस्करी रोक्ने उद्देश्य लिएर आज चियाकमानका जन प्रतिनिधिहरूलाई लिएर सचेतनतामूलक कार्यक्रमको आयोजना गरेर इलाकाको मानिसहरूलाई सचेतन गराइएको हो। यस अवसरमा जलपाईगढी जिल्ला पुलिस सुपर देवर्षी दत्त, डीएसपी समीर पाल, राजगञ्जका विधायक खगेश्वर राय, डीपीएससीका चेयरम्यान लैख्यमोहन राय, राजगञ्ज थानाका आईसी पंकज सरकार लगायत अन्य पुलिस अधिकारी उपस्थित थिए।
