मगरजोङ्गको बनिता छेत्रीद्वारा टीका मगरलाई आर्थिक सहयोग

सुकेपोखरी: पोख्रेबुङ ग्राम पञ्चायत तीनको मगरजोङ्ग शंखमान गाउँ निवासी टीका मगरको आर्थिक विपन्न अवस्था सोसल मीडियामार्फत देखेपछि हाल दुबईमा काम गरिरहेका सुकेखण्डको मगरजोङ्ग ठूलो गाउँ निवासी बनिता छेत्रीले आर्थिक सहयोग गरेकी छन्। तिनले आफ्नो बाबा मधुसुधन छेत्री मार्फत पिडित टीका मंगरलाई पठाएको सहयोग रूपियाँ आज बनिता छेत्रीकै बाबुले प्रदान गरे। सोसल मीडिया मार्फत टीका मगरको विपन्न आर्थिक स्थितिबारे भिडियो जारी भएपछि हाल विभिन्न विभिन्न संस्था,व्याक्ति तथा सरकारी पक्षबाट केही राहत पाइरहेको भए तापनि टीका मंगरले अझ थप राहत पाएर भविष्यमा केही गर्न सकोस् भन्ने उद्देश्यले तिनलाई सहयोग गरेको बनिता छेत्रीले बताएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *