मङपु : मङपु सरकारी अस्पतालमा 22औँ चरणको कोरोना भ्याक्सिन शिविरको आयोजना गरियो। उक्त शिविरमा मुसलधारे पानी झरीको पर्वाह नगरी मानिसहरूले उत्साहित बनेर कोरोनाको खोप लगाएको देखियो। आयोजक सूत्रले दिएको जानकारीअनुसार आजको शिविरमा मङपुका विभिन्न समाज, संघ-संस्था तथा स्वनिर्भर दलका मोठ 15 सय मानिसहरूले कोरोना भ्याक्सिनको प्रथम अनि दोस्रो खोप लगाए।
