मङपु अस्पतालमा शनिबार प्रथम अनि दोस्रो डोजको भ्याक्सिन शिविर

मङ्पु: कोरोनाको खोप लगाइने कार्य मङपु अस्पताल संरक्षण समिति अनि तकदाह खण्ड स्वस्थ्य समितिको संयुक्त आयोजनामा मङ्पु क्षेत्रका मानिसहरूका निम्ति शिविरहरू सम्पन्न भइरहेको छ। यसपल्ट कोभिड 19-को प्रथम चरणको खोप लगाउने समाज अनि स्वनिर्भर दलका प्रतिनिधिहरूलाई आयोजक समितिले अघिबाट नै टोकन वितरण गरिसकेको बताइएको छ। भ्याक्सिनको समय ज्यादा भीड रहने भएकोले गर्दा कोरोना भ्याक्सिन लगाउनेहरूलाई अघिबाट नै टोकन वितरण गरिएको जानकारी मङपु अस्पताल संरक्षण समितिका संयोजक अनि तकदाह टास्क फोर्सका सदस्य किरण पाख्रीनले जानकारी दिएका छन्। मङपु अस्पतालमा आउँदो शनिवार 22 औं चरणको भ्याक्सिनेसन शिविर हुने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *