मङपु : मङ्पु लाब्दा समष्टि हाम्रो पार्टीको आयोजनामा आज यहाँको कस्तुरी एमएसके स्कुल प्राङ्गणमा सभा सम्पन्न भयो। उक्त सभामा प्रमुख रूपले हाम्रो पार्टी अध्यक्ष अजय एडवर्ड, नर्मता एडवर्ड, मङपु लाब्दा समष्टि को-अर्डिनेटर प्रमोद रूम्बा, कुलदीप राय, फुर्तेनबा भुटिया लगायत अन्य उपस्थित थिए।

प्रजित रूचालको अध्यक्षतामा सम्पन्न भएको आजको सभामा मङपु क्षेत्रका 30 परिवारले विभिन्न पार्टी त्यागेर हाम्रो पार्टीलाई समर्थन जनाए। पार्टी अध्यक्ष अजय एडवर्डले तिनीहरूलाई आफ्नो पार्टीमा स्वागत जनाउँदै दलीय झण्डा प्रदान गरे।
