मङपुमा हेरिटेज टुरिजम फेस्टिबल सम्पन्न

मङपु : मङपुमा आज हेरिटेज टुरिजम फेस्टिबल केबी गिरीको अध्यक्षतामा सम्पन्न भयो। दिब्य राई अनि अर्पणा राईले सञ्चालन गरेको समारोहको प्रमुख अतिथि राज बासु अनि अध्यक्ष केबी गिरीको बाहुलीबाट नेताजी सुभासचन्द्र बोसको तस्विर अघि दीप प्रज्ज्वलन गरेर समारोह शुरू गरियो। समारोहमा स्थानीय नानीहरूले लेप्चा नृत्य, गुरुङ नृत्य प्रस्तुत गरे भने वर्णमाला परिवारले सुन्दर साङ्गेतिक कार्यक्रम प्रस्तुत गरे। टिस्टा रङीत ईको सन्स्टेबल सोसाईटीको पहलमा लाटपन्चरदेखि मङपुसम्मको एउटा साइकल र्‍यालीको पनि आयोजना गरियो। अतुलीय भारत अनि मङपु हेरिटेज टुरिजमको संयुक्त आयोजनामा आज मङपु सरस्वती कन्या विद्यालयको प्राङ्गणमा सम्पन्न भएको पर्यटन उत्सवमा मङपुका गायिका सिमरन (गरिमा) गुरुङले मिठो गीत प्रस्तुत गरिन् भने सृष्टि थापाले भायोलिनमा धुन प्रस्तुत गरिन्।


वर्णमाला परिवारका पक्षबाट देवाशिष  मोथे अनि समूहले पर्यावरण संरक्षण गर्नुपर्ने सन्देश दिँदै मिठो गीत प्रस्तुत  गरेर दर्शकवर्गलाई मन्त्रमुग्ध पारे। कार्यक्रमको विशिष्ट अतिथिहरू एचएमआईका प्रमुख जय किसन, राज बासु, किरण ब्लोनको बाहुलीबाट साइकल आरोहीहरूलाई पुरस्कार प्रदान गरियो। पर्यटन तथा पर्यावरण संरक्षण अनि जागरण गर्ने उद्देश्य लिएर उक्त साइकल र्‍यालीको आयोजना गरिएको ट्रेसका अध्यक्ष एमके प्रधानले बताए। अतुलीय भारतले राज्यको विभिन्न क्षेत्रमा पर्यटन उत्सव गरिरहेको र भोलि बुङकुलुङमा अन्तिम पर्यटन उत्सव पालन गरिने राज बासुले बताए। आजको कार्यक्रममा मङपु फोटोग्राफी सोसाईटीका सदस्यहरूले सुन्दर फोटो प्रदर्शनी साथै विभिन्न एसएचजीबाट हस्तकलाको प्रदर्शनी अनि मामरिङ हाई स्कुलका छात्रद्वारा ईलेकट्रोनिक ड्रेम्न्सट्रेसन, मङपुका आनन्द राईले आफूले बनाएको टेलिस्कोप अनि तिनले खिँचेका विभिन्न चित्रहरुब प्रदर्शन गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/jojobetcasibomCasibomCasibom GirişCasibomcasibomcasibomcasibomcasibom girişCasibomCasibom Giriş