मङपुका दुई फ्रन्ट लाइन वरियर्सलाई भूतपूर्व सैनिक संगठनद्वारा सम्मान

मङपु : 75औँ  स्वतन्त्रता दिवसको अवसरमा आज कोभिड 19 फ्रन्ट लाइन वरियर्स मङपुका दुईजना स्वास्थ्य कर्मी रूपेश सिङदन अनि किरण पाख्रीनलाई मङपु भूतपूर्व सैनिक संगठनद्वारा सम्मान जनाइयो। उक्त संगठनद्वारा आज दुईजना स्वास्थ्य कर्मीलाई कालो सैनिक टोपी अनि खदा लगाई दिनको साथै स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो। भूतपूर्व सैनिक पेमा वाङ्दी तामाङले सञ्चालन गरेको कार्यक्रममा एलबी राई अनि रोहित गुरुङले स्मारिका पठन गरेपछि क्यापटन बलिन्द्र ब्लोनको बाहुलीबाट किरण पाख्रीन अनि क्याप्टन पीके राईको बाहुलीबाट रूपेश सिङदनलाई स्मारिका प्रदान गरेर सम्मान जनाइयो। स्वतन्त्रता दिवसको अवसरमा आफूहरूलाई सम्मान जनाएकोमा द्वयले भूतपूर्व सैनिक संगठन मङपुलाई आभार व्यक्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *