मङपु : वर्षा-झरीको पर्वाह नगरी मङपुलाई ड्रग्समुक्त बनाउन मङपु आउटपोस्ट एसआई बिजय थामीको नेतृत्वमा मङपु निर्देशक बङ्लो परिसर, मङपु जन मैदान परिसर अनि बीचकमान रम्बी खोला परिसरमा मङपु पुलिसद्वारा पेट्रोलिङ जारी रहेको छ। मङपु ड्रग्स मुक्त निर्माण समिति अनि मङपु पुलिसको संयुक्त पहलमा मङपुलाई ड्रग्स मुक्त बनाउन हाल सबै लागिपरेका छन्। ड्रग्स ओसार-प्रोसार गर्ने व्यक्तिलाई पक्राउ गरिए दोषीलाई कठोर सजाय दिइने मङपु पुलिस अधिकारी एसआई बिजय थामीले जनाएका छन्।

मङपुलाई ड्रग्स मुक्त बनाउनको निम्ति पुलिसको सहयोगको लागि सम्पूर्ण समाज अनि संघ-संस्थाका प्रतिनिधिहरूलाई अघि आइदिने अपील गरेको छ। मङपु क्षेत्रको एकान्त ठाँउहरूमा केही युवा-युवातीहरू भेला भएर ड्रग्सको सेवन गर्ने स्थानीय मानिसहरूले पुलिसलाई खबर दिएपछि पुलिसद्वारा तीन दिनदेखि लगातार रूपमा दिन-रात पेट्रोलिङ अभियान चलाइरहेको छ।
