मङपु नाली डाँडामा पुलिसद्वारा सीसीटीभी जडान

मङ्पु: मङपु आउट पोस्ट थाना प्रभारी एसआई बिजय थामीको पहलमा आजदेखि मङपुको मुटु मानिने नालीडाँडामा 4 वटा सीसीटीभी जडान गरिएको छ। उक्त सीसीटीभी स्वर्गीय मेरी गहतराजको नाममा तिनका छोराहरु क्रमैले अशोक गहतराज र मणिराम गहतराजले प्रदान गरेको जानकारी प्राप्त भएको छ। सम्पूर्ण मङपुवासीको निम्ति नालीडाँडा अनि बस स्ट्यान्डमा यसरी सीसीटीभी जडान गरिदिएकोमा स्थानीय युवा साहित्यकार अनित खातीले मङ्पु पुलिस प्रभारी ओसी बिजय थामीलाई आभार व्यक्त गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *