मङ्पू (निसं): लाब्दा विभाग सुन्तले धुरा गाउँवासीको दीर्घकालीन माग आज पुरा भएको छ। आरआईडीएफ फन्डबाट नालीडाँडादेखि सुन्तले धुरासम्मको 4 किलोमिटर सडक निर्माण कार्यको आज पण्डित भाष्कर शर्माले भूमि पुजा गरेपछि क्षेत्रीय कार्यकारिणी सभासद रतन थापाले नरिवल फुटाएर सडकको शिलान्यास गरे। स्थानीय ठेकादार शंकर छेत्री अनि कमल पाण्डेले आजदेखि नै उक्त सडक निर्माण कार्य शुरू गरेका छन्। 4 करोड रुपियाँको लागतमा उक्त सडकको नवनिर्माण हुन गइरहेको सभासद रतन थापाले बताए।