मङपु पुलिसद्वारा अन्तर्राष्ट्रिय महिला दिवस पालन

मङपु : मङपु पुलिस पोस्ट प्रभारी बिजय थामीको अगुवाईमा आज अन्तर्राष्ट्रिय महिला दिवस पालन गरियो। मङपु आउट पोस्टको तर्फबाट आज सिन्कोना बगानका महिला श्रमिक तथा मङपु पुलिसका महिला सिभिक भोलेन्टियरलाई  चाहिने उपयोगी सर-समान उपहार स्वरूप प्रदान गरेर सम्मान जनाए।


यस अवसरमा मङपु आउटपोस्ट प्रभारी एसआई बिजय थामी, एएसआईहरू क्रमैले डी बाक्ची, तपन गुहा र साङगे शेर्पाको बाहुलीबाट महिलाहरुलाई उपहार प्रदान गरेर सम्मान जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *