मङपु : मङपु विभाग अन्तर्गत पर्ने मङपु रसिक ग्राम निवासी सङ्गीत मगर आज क्वारेन्टाइन मुक्त भएका छन्। गत 19 जुनमा आरटीपीसीआर टेस्ट गरेपछि तिनको रिपोर्ट पोजेटिभ आएको थियो। यसपछि तिनलाई राज्य सरकारद्वारा जारी गरेको गाइडलाइन अनुसार रसिक ग्राम समाजद्वारा होम आइसोलेसनमा राखिएको थियो। होम आइसोलेसनमा बसेको आज 17 दिन पुरा भएकोले रसिक ग्राम समाजद्वारा तिनलाई खदा लगाइदिएर शुभकामना दिँदै आइसोलेसन मुक्त गरियो।
