मणिपुर पैह्रो:  बेङडुबीमा ल्‍याइपुर्‍याइएको 3 जना जवानलाई आज सैनिक सम्मानको साथमा श्रद्धाञ्जलि अर्पण

सिलगढी : मणिपुरको नोनी जिल्लामा पैह्रोको चपेटमा परेर प्राण गुमाएकाहरूमध्ये अझ 3 जनाको पार्थिक शरीर आज बाघडुग्रा विमानअड्डा ल्याइपुर्‍याएपछि बेङडुबीको सेना छाउनीमा लगियो जहाँ तिनीहरूलाई सैनिक सम्मानको साथमा श्रद्धाञ्जलि अर्पण गरियो। आज ल्याइपुर्‍याइएको 3 जना जवानको पार्थिव शरीरहरूमध्ये दार्जिलिङका छेडुप लामा, टिस्टा भेल्लीका उमेश लिम्बू र बिजनबारी पुल बजारका दिपङ्कर प्रधान सामेल छन्। मृतक जवानहरूलाई अन्तिम श्रद्धाञ्जलि अर्पण गर्नको लागि बेङडुबी सेना छाउनी परिसरमा सेनाका शीर्ष अधिकारीहरू लगायत सहिद परिवार तथा तिनका आफन्तजन भेला भएका थिए। सेना छाउनीमा सैनिक सम्मान जनाइएपछि मृतकका परिवारका सदस्यहरूलाई अन्तिम संस्कार गर्नको लागि तिनीहरूको शव सुम्पियो। यसपछि आ-आफ्ना परिवार लगायत उपस्थित आफन्तहरूले तीनैजनाको पार्थिव शरीर आ-आफ्नो पैतृक घरतर्फ लगे। स्मरण रहोस्, आज बेङडुबी ल्याइपुर्‍याइएका यी 3 जना दार्जिलिङका गोर्खे जवानहरू पैह्रोको चपेटमा परेपछि निजोख भएका थिए भने उद्धार टोलीले यिनीहरूको शव पैह्रोबाट उद्धार गरिएको थियो। यसभन्दा अघि हिजो दार्जिलिङ पहाडका विभिन्न ठाउँका 107 टीए-मा कार्यरत धेरैजना जवानहरूको पार्थिव शरीर बाघडुग्रामा ल्याइपुर्‍याइएको थियो भने आज अझ 3 जनाको पार्थिव शरीर बाघडुग्रा ल्याइपुर्‍याइएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişcasibom girişdeneme bonusuCASİBOM GÜNCELgrandpashabet giriş