खरसाङ (निसं) : मणिपुरको पैह्रोको चपेमा परेर सहिद बनेका 107 टीए बटालियन जीआर-का जवानहरूलाई सम्झना गर्दै आज खरसाङको सामी लाखाङ गुम्बामा 108 वटा बत्ती बालेर श्रद्धाञ्जलि अर्पण गरियो। सहिद बनेका जवानहरूलाई श्रद्धाञ्जलि अर्पण गर्दै मौन प्रार्थना गरियो भने सबैको आत्मा शान्तिको लागि प्रार्थना पनि गरियो। यसको साथै आगामी महिना वार्षिक रूपमा गरिने छेदर पुजा विषयमा पनि चर्चा गरियो। गुम्बा कमिटीको सल्लाह अनुसार उक्त छेदर पुजा आगामी अगस्त महिनाको 18,19 अनि 20 तारिख हुने तय गरिएको छ। उक्त सभा विशेष गरेर गुम्बाको कोषाध्यक्ष ज्योत्सना लामाले सञ्चालन गरेकी थिइन् भने सभाको अध्यक्षता वाङ्गेल छिरिङ भोटियाले गरेका थिए।
गुम्बा कमिटिका कानुनी सल्लाहकार पंकज गुप्ता पनि विशेष रूपमा उपस्थित थिए। कमिटिका मूल सचिव राज तामाङले पुजा विषयमा कमिटीको विचार राखे भने अन्य सदस्यहरूले पुजा विषयमा आ-आफ्नो विचारहरू राखे। सभाको अन्त्यमा गुम्बाका धर्म गुरू पेम्बा रिम्पोर्छेले आफ्नो विचार राख्दै आगामी महिना 3 दिवसीय छेदर पुजामा प्रत्येक वर्ष जस्तो गर्ने अनि सबैलाई यस पुजामा भाग लिइदिने तिनले निवेदन पनि गरे।