मङपुकी छोरी गायिका प्रार्थना गुरुङ भोइस अफ् किड्सको सेमिफाइनल राउन्डमा

मङ्पु (निसं): दार्जिलिङ मङ्पुमा जन्मिएकी प्रार्थना गुरुङले हाल नेपालमा चलिरहेको भोइस अफ किड्समा टीम मिलनमा रहेर आफ्नो गायन कलाले तहल्का मच्चाई रहेकीछन। प्रार्थना सिलगढीको सालबारी टेक्नो इन्डिया ग्रुप पब्लिक स्कुलमा छैटौ कक्षामा अध्ययनरत छिन भने तिनले सिलगढीमैं गुरु बर्नाली बासुसँग सङ्गीत तालिम लिइरहेकी छन। अघि बढ्न चहाने सबै नानीहरुलाई प्रोत्साहन, साथ अनि सहयोग प्रदान गर्नु सचेत समाजको जिम्मेवारी हो यसैले भोइस अफ किड्समा सहभागी दार्जिलिङका सबै चिचिला कलाकारहरुलाई बधाई शुभकामना सहित प्रार्थना गुरुङलाई धेरैभन्दा धेरै भोट गरेर बिजयी बनाइदिने प्रार्थना गुरुङको परिवार अनि बाँसुरी बादक हेमन्त थापाको पक्षबाट हार्दिक अनुरोध गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *