मङ्पू (निसं): जीटीए प्रमुख कार्यपाल अनित थापा अनि स्थानीय कार्यकारी सभासद रतन थापाको पहलमा आज मङ्पू लाब्दा समष्टिमा सुस्वास्थ्य केन्द्रको शिलान्यास गरियो।
यस शिलान्यास कार्यक्रममा मङ्पू अस्पतालको डाक्टर अरुप घोसाल, दार्जिलिङ महकुमा पीआरओ बिज्ञान मिश्र, भागोप्रमो ट्रेड युनियन केन्द्रिय समिति अध्यक्ष गगन राई, भागोप्रयुश केन्द्रिय समिति प्रवक्ता अनित खाती, एएनएम श्रीमती रिना धमला, जीसीपी स्टाफ श्रीमती रोजी तामाङ आदिको बिशेष उपस्थिति रहेको थियो।