मानसिक रूपले विक्षिप्त वृद्धासित दुष्कर्म, गाउँलेहरूले आरोपीलाई पक्रिएर सुम्पियो पुलिसको हातमा

सिलगढी (निसं): एनजेपी थाना इलाकामा एकजना 65 वर्षीय मानसिक रूपले विक्षिप्त वृद्धासित दुष्कर्म गरेको आरोप रहेको छ। स्थानीय मानिसहरूले आरोपीलाई रंगेहात पक्रिएर पुलिसको हातमा सुम्पिदिएको छ। बुधवार उक्त घटना पछि इलाकामा सनसनी फैलिएको छ।  


प्राप्त जानकारी अनुसार, वृद्धा हिज घरमा एक्लै थिइन्। यसैको फाइदा उठाएर अकबर अली नामक व्यक्ति वृद्धाको घरमा प्रवेश गरेपछि तिनीसित दुष्कर्म गरेको आरोप लगाइएको छ। घटनाको समयमा नै वृद्धको छोरी घरमा आइपुगिन् अनि घटना देखेपछि तिनी चिच्याउँदा आवाज सुनेर स्थानीय मानिसहरू घटनास्थलमा आइपुगे अनि व्यक्तिलाई रंगेहात पक्रिए। यसपछि उक्त आरोपी व्यक्तिलाई एनजेपी थाना पुलिसको हातमा सुम्पिदिए। यसैबीच, घटनाबारे हिज राति नै थानामा एउटा लिखित अभियोग दर्ता गरेको छ। एनजेपी थाना पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।  

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom giriş