खोरीबारी : देशका राष्ट्रपति द्रौपदी मुर्मूलाई लिएर अपमानजनक टिप्पणी गरेको प्रतिवादमा आज भाजपा-ले मन्त्री अखिल गिरीलाई पक्राउ गरिनुपर्ने माग गर्दै विक्षोभ प्रदर्शन गर्यो। खोरीबारी बुढागञ्ज मण्डल भाजपाको पहलमा खोरीबारी पार्टी कार्यालय विक्षोभ गरेपछि भाजपाका नेता तथा कार्यकर्ताहरू खोरीबारी थानामा गएर विक्षोभ प्रदर्शन गरे। यसको साथै तिनीहरूले खोरीबारी थानामा अभियोग पनि दर्ता गरेको छ। यस अवसरमा फाँसीदेवाका भाजपा विधायक दुर्गा मुर्मू, सिलगढी महकुमा परिषद्का विरोधी दलनेता अजय उराव लगायत भाजपाका अन्य नेता तथा कार्यकर्ताहरू उपस्थित थिए। चाँडै मन्त्री अखिल गिरीलाई पक्राउ गरिनुपर्ने भाजपा विधायक दुर्गा मुर्मूले माग गरे।
