सिलगढी : राज्यका पर्यटन मन्त्री गौतम देवले सिलगढी गर्ल्स हाई स्कुलको विकासमूलक कार्यलाई लिएर आज एउटा बैठक गरे। उक्त विद्यालयको ल्याब एवम् 6 वटा कक्षा नयाँ रूपमा निर्माण गर्नको लागि टेन्डर पठाएको साथै स्कुलमा 20 वटा सीसीटीभी क्यामारा जडान गरिने मन्त्री देवले बताए। यसको साथै तिनले विद्यालयको एउटा वेबसाइट बनाउने बताए। नयाँ रूपमा विद्यालयको बुनियादी ढाँचा तयार गरिने विषयमा पनि आजको सभामा चर्चा परिचर्चा गरिएको बताइएको छ।