मन्त्री ईन्द्रनील सेन र अरूप विश्वासलाई स्वागत गर्न मिरिकमा पार्टीको झण्डा लगाउने कार्य

मिरिक: राज्यका पर्यटन मन्त्री ईन्द्रनील सेन अनि खेल तथा विद्युत विभागीय मन्त्री अरूप विश्वास भोली मिरिक आउने भएका छन्। तिनीहरूको स्वागतको लागि आजदेखि नै हिल टीएमसी मिरिकका प्रतिनिधिहरू लगायत कार्यकर्ताहरूले मिरिक बजार तथा विभिन्न ठाउँमा पार्टीको झण्डा लगाउने कार्य सम्पन्न गर्यो। यस प्रसंगमा बोल्दै मिरिक ब्लक युवा टीएमसी अध्यक्ष सोभन घिसिङले भने, भोली टीएमसी-का दुई मन्त्रीहरू अरूप विश्वास र ईन्द्रनील सेन मिरिक आइरहेका छन् भने मन्त्रीहरूको स्वागत हेतु आज हामीले झण्डा लगाउने कार्य गरेको हौ। मिरिकका सम्पूर्ण हिल टीएमसी प्रतिनिधिहरू लगायत कार्यकर्ताहरूले भोली तिनीहरूलाई भव्य स्वागत गर्ने कार्यक्रम रहेको जानकारी दिँदै हालसम्म जनसभा हुने विषयमा कुनै प्रकारको निश्चित नभएको तथापि पार्टी प्रतिनिधिहरूसँग मन्त्रीहरूको कोठे बैठक हुने सम्भावना रहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *