गान्तोक: सिक्किम राज्यका शिक्षा मन्त्री कुङ्गा निमा लेप्चाले आज दक्षिण सिक्किमको माङजिङ सरकारी सेकेण्डेरी स्कूलको 8 कोठे भवनको उद्घाटन गरे। यस अवधि क्षेत्रिय विधायक श्रीमती राजकुमारी थापा, एसकेएम क्षेत्र प्रभारी राजकुमार बस्नेत, पर्यावरण एवम् भू-प्रयोग विभागका अध्यक्ष छिरिङ लेप्चा, सचिव दिनेश सी. नेपाल, अतिरिक्त मुख्य अभियन्ता, संयुक्त निदेशक, अभियन्ता लगायत अन्यको उपस्थिति रहेको थियो। उद्घाटनपछि मन्त्री लेप्चाले नवनिर्मित विद्यालय भवनको अवलोकन पनि गरे। नयाँ भवनको निम्ति तिनले विद्यालय पक्षलाई बधाई दिँदै उज्ज्वल भविष्यको कामना गरे। यसको साथै तिनले विद्यालय पक्षसँग त्यहाँको विविध विषयबारे कुराकानी गर्नको साथै छलफल गरे।