कोलकाता: जीटीएका प्रमुख कार्यपाल अनित थापाले चिया उत्पादनलाई सहज र प्रभावकारी बनाउन र चिया कम्पनीहरूलाई उचित मार्गदर्शन प्रदान गर्न कोलकताको विधान सभास्थित श्रम विभागीय मन्त्रीको कक्षमा आज मन्त्रीसमूह (जीओएम)-को महत्वपूर्ण बैठकमा अंशग्रहण गरे। उक्त सभामा एमआईसी साथै जीओएम अध्यक्ष मोलय घटक, एमआईसी सोवनदेब चट्टोपाध्याय, एमआईसी श्रीमती शशी पंजा, एमआईसी रथिन घोष, मन्त्री बुलु चिक बरैक, सांसद प्रकाश चिक बरैक अनि श्रम विभाग, उद्योग, वाणिज्य तथा उद्यम विभाग, कृषि विभागका मुख्य सचिवहरु लगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो। स्मरण रहोस, जीटीए प्रमुख कार्यापाल अनित थापा गत 17 नोभेम्बर 2023 मा पुनर्गठित मन्त्रीमण्डलका स्थायी आमन्त्रित सदस्य हुन्।