मार्गरेट्स होप क्षेत्रका 50 भन्दा अधिक परिवार हिल तृणमूलमा सामेल

सोनादा: मार्गरेट्स होपको दोकान डाँड़ामा एउटा कार्यक्रमबीच मार्गरेट्स होप क्षेत्रका 50 भन्दा अधिक घर एमडी राईको अगुवाईमा हिल तृणमूलमा कङ्ग्रेसमा सामेल भएको छ। उक्त समर्थन कार्यक्रममा हिल तृणमूल कङ्ग्रेसका महासचिव एनबी खवास, जिल्ला सदस्य कल्याण कुमार तामाङ, सुखिया पोखरी खण्ड सभापति एसके राई, किरण राई, प्रदीप सुब्बा लगायत अन्यहरू उपस्थित थिए। यसपछि पत्रकारहरूसित कुराकानी गर्दै हिल तृणमूल कङ्ग्रेसका महासचिव एनबी खवासले हाल तृणमूल कङ्ग्रेसमा सामेल हुने भेल आएको छ।


आज मार्गरेट्स होप क्षेत्रबाट एमडी राईको अगुवाईमा 50 भन्दा अधिक घर हिल तृणमूलमा सामेल भएको बताए। अर्कोतिर, एमडी राईले पत्रकारहरूसित कुराकानी गर्दै भने, हामी सबैजना मुख्यमन्त्री ममता ब्यानर्जीको कार्य गराई र भिजनलाई हेरेर मार्गरेट्स होपबाट 50 भन्दा बेसी घरहरू हिल तृणमूलमा सामेल भएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *