मार्गरेट्सहोप श्रमिक आन्दोलनका शहीदहरूलाई क्रामाकपाद्वारा श्रद्धाञ्जलि साथै पोस्टरिङ

खरसाङ : खरसाङ नजिक मार्गरेट्सहोपमा सन् 1955 सालमा भएको श्रमिक आन्दोलनको गोलीकाण्डमा शहीद बनेका चिया श्रमिकहरूलाई श्रद्धाञ्जलि अर्पण गर्न आज खरसाङ शहर अनि वरिपरीका क्षेत्रहरूमा पनि क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी (क्रामाकपा)-ले व्यापक मात्रामा पोस्टरिङ गरेर श्रमिकहरूको न्यायको निम्ति माग गरेको छ। पोस्टरमा विशेष गरेर छुट्टै राज्य गोर्खाल्याण्डको मागलाई पनि उठाइएको छ। यसबारे अवगत गराउँदै पार्टीको दार्जिलिङ आञ्चलिक कमिटीका सचिव उद्धव खनालले 1955 सालका ती शहीद श्रमिकहरूकै त्यागको कारण आज चिया श्रमिकहरुले आफ्नो अधिकार पाइरहेको बताउँदै तर आजसम्म श्रमिकहरूले न्यूनतम रोज र पर्जापट्टा नपाएकोले धेरै समस्यामा परेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *