मारवारी युवा मञ्च खरसाङद्वारा आज दोस्रो दिन 11 जनालाई लगाइयो कृत्रिम हात-खुट्टा

खरसाङ:  मारवारी युवा मञ्च खरसाङ अर्नव शाखाद्वारा दुई दिवसीय कृत्रिम हात खुट्टा प्रदान गर्ने कार्यक्रम खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा सम्पन्न भयो। आज दोस्रो दिन पनि मोठ 11 जनालाई कृत्रिम हात खुट्टाहरू प्रदान गरी सहयोग गरियो। दोस्रो दिनको कार्यक्रममा मुख्य अतिथिको रूपमा खरसाङका भाजपा विधायक बीपी बजगाइँ उपस्थित थिए। दुई दिवसीय कृत्रिम हात खुट्टा प्रदान गर्ने कार्यक्रमको दोस्रो दिन आज खरसाङ लगायत सिपाहीधुरा, टुङ, सिमलबारी, तीनधारे, सामसिङ क्षेत्रका मोठ 11 जनालाई कृत्रिम हात-खुट्टा प्रदान गरेर सहयोग गरियो भने दुई दिनभित्रमा मारवारी युवा मञ्च खरसाङले विभिन्न स्थानबाट आएका मोठ 25 जनालाई कृत्रिम हात खुट्टाहरू प्रदान गर्यो। आजको कार्यक्रममा उपस्थित खरसाङका विधायक बीपी बजगाइँले मारवारी युवा मञ्च खरसाङलाई जनताको सेवाको लागि एम्बुलेन्स पनि प्रदान गर्ने भएको छ। दोस्रो दिनको कार्यक्रममा अतिथिको रूपमा खरसाङ नगरपालिकाका पूर्व चेयरम्यान समीरदीप ब्लोन, पूर्व भाइस चेयरम्यान सञ्जय छेत्री, अधिवक्ता रमेश अग्रवाल, बेलभ्यु स्कुलको निर्देशक अर्जुनकुमार अग्रवाल, सनसाइन स्कुलका निर्देशक कमल अग्रवाल लगायत अन्य उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisamgbahismatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetbetciograndpashabetimajbetmatbetbetcio girişpusulabet girişgrandpashabet girişholiganbet girişcasinolevantholiganbetpusulabetsekabetcasibom Built with ❤︎ by appycodes