माथाभाङ्गा बजारमा आगलागी, 3 वटा दोकान क्षतिग्रस्त

माथाभाङ्गा (निसं): माथाभाङ्गा दुई नम्बर ब्लकको रामठेंगा बजारमा भीषण आगलागी हुँदा तीन वटा दोकान जलेर भष्म भएको छ। प्राप्त जानकारी अनुसार, शुक्रवार राति सबैभन्दा पहिला स्थानीय मानिसहरूले आगो लागेको देखे। यसपछि तत्कालै घटनाको जानकारी दमकल विभागलाई दिए। घटनाको खबर पाउन साथ दमकलको एउटा गाडी घटनास्थलमा आइपुग्योअनि यसपछि अर्को रपनि गाडी आइपुगेपछि लगातार केही समयको प्रयास पछि आगोलाई पूर्ण नियन्त्रणमा ल्याइयो। उक्त आगलागीको घटनामा तीन वटा दोकान जलेर क्षतिग्रस्त भएको छ भने लुगाको दोकान र कस्मेटिक दोकान पूर्ण रूपले जलेर स्वाह भएको छ। प्राथमिक अनुमान अनुसार आगो शर्ट सर्किटको कारणले लागेको बताइको छ। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO