मतिगढा घटनाको प्रतिवादमा तीनधारे-महानदी समष्टिको 2 नम्बर बस्तीमा जुलूस

खरसाङ (निसं): खरसाङ महकुमाको तीनधारे महानदी समष्टि अन्तर्गत पर्ने दुई नम्बर बस्ती-कोप्चे गाउँ जनकल्याण संगठन अनि दुई नम्बर बस्ती-कोप्चे गाउँका स्वनिर्भर दलहरूको संयुक्त आयोजनामा सिलगढीको मतिगढामा भएको गोर्खे चेलीको निर्ममतापूर्वक हत्याको प्रतिवाद जनाउँदै विरोध रैली निकालिइयो। उक्त रैली दुई नम्बर बस्तीको कोप्चे गाउँदेखि सुरू गरेर फुलबारी गोलाईसम्म पुगेपछि पथ सभा तथा श्रद्धाञ्जलि सभामा परिणत भयो। उक्त प्रतिवाद जुलूसलाई जनकल्याण संगठनका सचिव हेम सुब्बाले सञ्चालन गरेका थिए। उक्त जुलूसमा सहभागी भएका मानिसहरूले हत्यारालाई चाँडोभन्दा चाँडो फाँसीको सजाय दिइयोस् भन्ने माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *