सिलगढी : मतिगढाको एउटा सपिङ मलमा आजदेखि पर्यटन मेला शुरू भयो। ब्लु आई इन्डियाको पहलमा आयोजित उक्त मेलाले यस वर्ष छैटौँ वर्षमा पाइला टेकेको छ। विभिन्न राज्यबाट आएका मानिसहरूले प्रत्येक वर्ष यस मेलामा स्टलहरू लगाउने गर्दछ। उक्त मेलाको माध्यमद्वारा सिलगढीलाई भारतवर्षको मानचित्रमा सामेल गराइरहेको पर्यटनसित सम्बन्धित मानिसहरूको भनाइ रहेको छ। राज बसुले बताएअनुसार उक्त मेला ग्रामीण पर्यटनमा आधारित रहेको छ। 2021-मा आयोजना गरिने सबै पर्यटन मेलाहरू ग्रामीण पर्यटनमा आधारित रहनेछ। उक्त मेला आगामी 31 जनवरीसम्म चल्नेछ।
