मतिगढाको ब्रिजबाट झुन्डिएको अवस्थामा वृद्धको शव उद्धार

सिलगढी : मतिगढाको ब्रिजबाट गत राति रहस्यमयी ढङ्गमा एकजना वृद्धको झुन्डिरहेको अवस्थामा शव उद्धार भएको छ। मृतक वृद्ध मतिगढाको खोलाईबख्तरी निवासी 60 वर्षीय भरत चौधरीको रूपमा चिन्हित गरिएको छ। उक्त घटनाले शिशुडाङ्गी इलाकामा सनसनी मच्चियो। घटनाको खबर पाएर मतिगढा थाना पुलिस घटनास्थलमा पुगेका थिए। पछि दमकल कर्मीहरूको सहयोगमा उक्त वृद्धको शव उद्धार गरेपछि पुलिसले शव पोस्टमार्टमको लागि पठाएको छ। स्थानीय मानिसहरूले बताएअनुसार गत अबेर राति टोटो चालकले मतिगढाको ब्रिजको पिलरमा झुन्डिरहेको अवस्थामा शव देखेपछि इलाकामा खबर फैलियो। स्थानीय मानिसहरूले यो घटना आत्महत्या नभई हत्या हुन सक्ने आशंका व्यक्त गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *