सिलगढी : गरिब मानिसहरूले मात्र 10 रुपियाँमा भात, दाल, र निरामिस सब्जी खाना पाउनेछन्। दार्जिलिङका पूर्व जिल्लाशासक सौमित्र मोहनको उक्त परिकल्पनालाई राज्यका पर्यटन मन्त्री गौतम देवले अब साकार पार्ने निर्णय लिएका छन्। तिनले आज सिलगढीको मैनाक टुरिस्ट लजमा दार्जिलिङका वर्तमान जिल्लाशासक शशाङ्क शेठ्ठीसित एउटा बैठक गरेर सौमित्र मोहनको अन्नपूर्ण परिकल्पनाबारे चर्चा गरे। सिलगढी जङ्क्सनस्थित दुईवटा घरमा उक्त कम्युनिटी किचन खोलिने भएको मन्त्री देवले बताए। गैरसरकारी समाजसेवी संस्थाको सहयोगमा सब्सिडीमा उक्त अन्नपूर्ण परिकल्पना लागू गरिने तिनले बताए।